+
+

छत्रकोट गाउँपालिकाले स्वास्थ्य स्वयंसेविकालाई पनि पेन्सन दिने  

अनिल खत्री अनिल खत्री
२०७९ पुष २२ गते ७:४२

२१ पुस, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि पेन्सन दिने भएको छ । यसअघि गाउँपालिकाले कृषकलाई पेन्सन दिने व्यवस्था सुरु गरेको थियो ।

अब ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप मासिक १ हजार पेन्सन दिने व्यवस्था गर्न लागिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

काम गरिरहेका स्वास्थ्य स्वयंसेविकाहरुले उमेर हद भन्दा अगावै छोडेको खण्डमा गाउँपालिकाको तर्फबाट एकमुष्ठ १० हजार उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । त्यस्तै ६० वर्ष उमेर पुगेर अनिवार्य अवकाश लिने स्वास्थ्य स्वयंसेविकाहरुलाई केन्द्र सरकारले उपलब्ध गराउने एकमुष्ट २० हजारमा गाउँपालिकाले ३० हजार थप गरेर ५० हजार उपलब्ध गराउने उनले बताए ।

छत्रकोट गाउँपालिकामा ८६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु रहेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सेन्सन दिन व्यवस्थाका लागि यही पुस २५ गते कार्यविधि बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए ।

वडा तहमा खटिएर काम गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको काम गर्ने मनोबल उच्च बनाउन र उनीहरुको कामलाई सम्मान स्वरुप गाउँपालिकाले मासिक रुपमा पेन्सन दिने थालनी गर्न लागेको गाउँपालिकाका अध्यक्ष पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?