+
+

दाङमा माघ सांस्कृतिक महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १८:०९

२२ पुस, दाङ । दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ।

थारु कल्याणकारिणीसभा दाङको आयोजनामा सुरु भएको माघ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले गरे ।

उनले थारु समुदायको कला संस्कृति संरक्षण र प्रर्वद्धनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘थारु समुदायको मौलिक कला संस्कृति देशको मौलिक चिनारी हो’ उनले भने, ‘यसको संरक्षणमा हामी सबैैले भूमिका खेल्न जरुरी छ ।’ उनले आफ्नो कला संस्कृतिको संरक्षणमा लाग्न सिंगो थारु समुदायलाइ आग्रह गरे ।

दुईदिनसम्म चल्ने महोत्सवमा थारु कला, संस्कृति, भेषभुषा, झल्कने गरिने विभिन्न प्रर्दशनी राखिएको छ । महोत्सवको थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौं थारु भाषाको पुस्तकहरु र थारु परिकारहरु प्रर्दशनीमा राखिएको छ ।

महोत्सवको १५ हजारबढीले अवलोकन गर्ने आँकलन गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?