+
+

बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:०२

२२ पुस, वीरगञ्ज । पर्सामा बनाउँदै गरेको सिमेन्टको भर्‍याङ भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका वडा नं.५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नं.५ पटनी बस्ने ३५ वर्षीय अमर महतो घाईते छन् । वीरगञ्ज नारायणी अस्पतालमा उपचाररत उनको अवस्था मध्यम छ ।

बहुदरमाई नगरपालिका वडा नं.४ तिलावे खोलाको छेउमा छठघाटमा जानका लागि भ¥याङ बनिरहेको थियो । भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको (सेटिङ) निकाल्दा अचानक भत्किएर दुई जना मजदुरलाई किचेको थियो । अन्य कामदार र स्थानीय प्रहरी चौकी डकैलाबहुअरीको प्रहरी टोलीले उद्धार गरेर उपचारको लागि पठाएका थिए । घाइते मध्ये राजाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए । ‘सेट भइसक्यो भनेर तलपट्टीबाट सेटिङ खोलेका रहेछन्’, उनले भने, ‘तर अचानक खस्दा किचेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?