+
+

जसपामा मधेश प्रदेश संसदीय दलको नेता छान्ने जिम्मा उपेन्द्र यादवलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते २०:३३

२२ पुस, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलको चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

बिहीबार र शुक्रबार जनकपकुरमा चलेको संसदीय दलको बैठकमा सर्वसहमतिबाट दलको नेता चयन नभएपछि सो जिम्मा पार्टी अध्यक्ष यादवलाई दिइएको हो ।

दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र जसपा दलका निवर्तमान नेता रामअशिष दाबेदार छन् । तर, सरोज यादवले रामअशिष यादवको नाममा सर्वसहमति गरे आफू पछाडि हट्न तयार रहेको बताएका थिए । तर, राउत पछाडि हट्न नमानेनन् ।

उनी निर्वाचन गरी आजै दलको नेता छान्नुपर्ने जोडबल गरेका थिए । तर बैठकमा सहभागी अधिकांशले सर्वसहमितबाट नेता चयन गर्नुपर्ने अडान लिएपछि सो जिम्मा अध्यक्षलाई दिइएको बैठकमा सहभागी एक संसादले बताए ।

अध्यक्षलाई एकजनालाई दलको नेता चयन गर्न ९ जना आकंक्षीको नाम पठाइएको छ । लालाबाबु राउत, रामअशिष यादव, सरोज यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनको नाम पठाइएको छ ।

बिहीबार दलको बैठकले मधेश प्रदेश जसपा संसदीय दलको विधान २०७४ संशोधनसहित पारित गरेको थियो । जसपाले संसदीय दलको नेता चयन गर्न जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर तजा नेता लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो ।

जसपा मधेश प्रदेशसभाको १६ सांसदसहित तेश्रो शक्ति रहेको छ । चौथो शक्ति जनमत पार्टीको संसदीय दलको नेता छान्ने जिम्मा डा. सिके राउतलाई दिएको थियो । र डा. राउतले महेश प्रसाद यादवलाई दलको नेता चयन गरेका थिए ।

यो प्रदेशमा जसपा निर्णायक शक्ति रहेकाले उसले आफ्नो नेतृत्वमा पुनः सरकार बनाउने लविंग गरिरहेको छ । जो जसपाको दलको नेता बन्छन् उनको मुख्यमन्त्री हुने सम्भावना प्रवल रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?