+
+

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते १२:००

२३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच शनिबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ ।यी दुई दलबीच चुनावताका नै एकता गर्ने गरी छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?