+
+

संसार आर्थिकमन्दीमा जाँदैछ, नेपाललाई जोगिने चुनौती छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १२:४५
फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका छन् । उनले विश्वभरमै पर्नसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने बताए ।

बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले संसार मन्दीको वातावरणमा गएको बताए ।

सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको भन्दै उनले सन् २०२३ मा झनै संकुचन आउने प्रक्षेपण रहेको बताए ।

‘त्यसको बाछिटा नेपालमा पनि परेको छ । निर्माण व्यवसायमा शिथिलताले अरू विषयमा छुँदै गएको छ’ उनले भने ।

मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उनको भनाइ छ । यस्तो असरलाई नेपालमा पर्न नदिनु नै यो वर्षका लागि ठूलो चुनौती हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?