+
+

प्रदेश १ मा सभामुखको निर्वाचन पुस २८ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:१०

२४ पुस, विराटनगर । प्रदेश १ सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । आइतबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको कार्यतालिक पुस २६ गते प्रकाशित हुनेछ । उपसभामुखको निर्वाचन पुस ३० गते गर्ने गर्ने निर्णय गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए  ।

बैठकले सोमबारका लागि बोलाएको प्रदेशसभा बैठक पनि एक दिन पछि सार्ने निर्णय गरेको छ । मुख्यमन्त्रीको शपथग्रहणसँग समय जुध्ने भएका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक मंगलबरा दिउँसो ११ बजेसम्मका लागि सार्ने निर्णय भएको उनले बताए ।

सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा मुख्यमन्त्री एमाले र सभामुख नेकपा माओवादी  केन्द्रको भागमा परेको छ ।  प्रदेश १ प्रदेश प्रमुख समक्ष आज एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

सभामुखमा माओवादी केन्द्रबाट उदयपुरका सांसद नारायण बुर्जामगर, ओखलढुंगाका सांसद बाबुराम गौतम र मोरङकी गीता तिम्सिना  दाबेदार छन् ।

दोस्रो पटक प्रदेशसभामा निर्वाचित बुर्जामगरलाई संसदीय दलका नेता आङ्बोको समर्थन छ ।  तिम्सिनालाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका ज्वाईं प्रदेशसभा सदस्य जीवन आचार्यको समर्थन छ । संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्की पनि सभामुखको दाबेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?