+
+

लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो अध्यक्ष महन्थ ठाकुरलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:४१

२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् ।

यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । बैठकले संगठन विस्तारको कामलाई यथासिघ्र अगाडि बढाउने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?