 
																			२४ पुस, काठमाडौं । भारतले नेपालका लागि छुट्याएको गहुँ आयात गर्न सबै आवेदकलाई अनुमति दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयमा मन्त्री नियुक्ती भएपछि कोटाको गहुँ आयात गर्न आवेदन दिएका सबै उद्योगहरुलाई अनुमति दिने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
गहुँ आयातका लागि मन्त्रालयमा ४६ वटा उद्योगले निवेदन दिएका छन् । उनीहरु सबैलाई उद्योग वा आयातकर्ताको क्षमताका आधारमा गहुँ आयातको अनुमति दिनेगरी तयरी भइरहको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।
‘भारतले नेपालका लागि दिएको ५० हजार मेट्रिकटन गहुँ आवेदक सबैलाई दामसाही हुनेगरी वितरण गर्ने तयारी भइरहेको छ,’ प्रवक्ता रेग्मीले भने, ‘मन्त्रालयले नयाँ नेतृत्व पाएपछि निर्णय हुन्छ ।’
मन्त्रालयका अनुसार नेपाल सरकारले कोटा तोकेका उद्योग वा व्यापारीका लागि मात्रै भारतले गहुँ निर्यातका लागि अनुमति जारी गर्ने छ । जसअनुसार मन्त्रालयले गहुँ माग गरेर मन्त्रालयमा आवेदन दिएकालाई आयात अनुमति जारी गर्ने र सो सिफारिस कूटनीतिक ढंगबाट भारतीय पक्षसम्म पठाउने छ ।
रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य संकटको आशंका पनि भारतले गत १ जेठमा गहुँ निर्यातमा रोक लगाएको थियो ।
भारतको निर्णबाट नेपाली उद्योगहरु मर्कामा परेपछि उद्योगी व्यवसायीले गहुँ आयातका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेका थिए ।
नेपालको आग्रह पछि गत पुस ८ मा भारतले नेपाललाई चैत महिनासम्म आयात गरिसक्ने सीमा तोकेर ५० हजार मेट्रिकटन गहुँ आयात गर्न दिने निर्णय गरेको थियो ।
उद्योग मन्त्रालयमा उद्योगीले बुझाएको विवरणअनुसार उनीहरुलाई ८ लाख मेट्रिकटन गहुँ आवश्यक छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4