+
+

रोनाल्डोले २२ जनवरीमा अल नासरमा डेब्यु गर्ने, त्यसअघि मेस्सीको टिमसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते २०:२३

२५ पुस, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ अनुबन्धित साउदी अरेबियन क्लब अल नासरबाट जनवरी २२ मा डेब्यु गर्ने भएका छन् ।

अप्रिलमा म्यानचेस्टर युनाइटेड छोडेका पोर्चुगिज फरवार्ड रोनाल्डो अल नासरमा आवद्ध भएका थिए । तर अल नासरबाट उनी मैदान उत्रिएका छैनन् ।

म्यानचेस्टर युनाइटेडमा रहँदा समर्थकलाई गरेको व्यवहारका कारण इंग्ल्याण्डको फुलबल एशोसियसनले लगाएको प्रतिबन्धका कारण उनले अल नासरमा केही खेल गुमाएका थिए । अब भने उनले जनवरी २२ मा हुने अल नासरको खेलमा क्लबका म्यानेजर रुडी र्गािर्सयाले बताएका छन् ।

तर ३७ वर्षीय रोनाल्डोले त्यसअघि नै पेरिस सेन्ट जर्मन (पीएसजी) सँगको खेल खेल्न सक्ने अनुमान पनि छ । यसो भएको खण्डमा सायद अन्तिम पटक रोनाल्डो र मेस्सीलाई एकै खेलमा हेर्ने मौका बन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

लियोनल मेस्सीको टिमले १९ जनवरीमा रियादमा अल नासर र अल हिलालको संयुक्त टिमसँग खेल्ने तालिका छ ।

जसमा रोनाल्डो पनि खेल्न सक्ने सम्भावना रहेको अल नासरका म्यानेजर गार्सियाले बताए । संयुक्त टिमबाट खेल्ने भएकाले १९ जनवरीमा खेले पनि यो अल नासरमा रोनाल्डोको डेब्यु भने हुने छैन ।

रोनाल्डो २०२५ सम्मका लागि प्रतिवर्ष २० करोड अमेरिकी डलर पाउने गरी अल नासरमा अनुबन्ध भएका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?