+
+

पृथ्वी जयन्तीको दिन विदा दिने निर्णयमा उपेन्द्र यादवको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते ९:५५

२६ पुस, काठमाडौं । गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।

सरकारको उक्त निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?