+
+

कांग्रेसले फालेको जालमा माछा पर्नेवाला छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १४:२६

२६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति आशंका गरेका छन् । उनले कांग्रेसको समर्थनभित्र कुनै जाल भएको हुन सक्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा  प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए । ‘ जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’ ओलीले भने ।

उनले अगाडि भने, ‘केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनभित्र जाल नभई सदासयता छ भने स्वागतयोग्य रहेको पनि बताए । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?