+
+

माधव नेपालले गरे रेशम चौधरीको रिहाइको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १५:३०

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘टीकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्’, उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?