+
+

मधेशमा मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारीमा जसपा नेता यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:४२

२६ पुस, जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीले दावी पेश गर्ने तयारी गरेको छ । मधेशमा पहिलो पालोमा जसपाले सरकारको नेतृत्व गर्ने सत्ता साझेदार दलहरुबीच सहमति छ ।  सोही सहमति अनुसार जसपा संसदी दलका नेता सरोज यादवले मुख्यमन्त्रीमा दावी पेश गर्न अन्य दलसँग छलफल अघि बढाएका छन् ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेको नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभामा बहुमत पुग्छ । सत्ता साझेदार दलसँगै केही स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्ने जसपा नेता यादवको तयारी छ ।

यादवले आज अबेर वा भोलिसम्म मुख्यमन्त्रीमा आफ्दो दावी पेश गर्ने बताए । ‘बढीभन्दा बढी बहुमत पुर्‍याएर दावी पेश गर्ने तयारी गरेको हुँ । आज वा भोलिसम्म प्रदेश प्रमुख समक्ष दावी पेश गर्छु’ उनले अनलाइनखबरसँग भने ।

मधेश प्रदेशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको लागि मुख्यमन्त्रीमा दावी पश गर्ने समतय तोकेका छन् । जसका लागि जसपाले संसदीय दलका नेता यादवलाई अघि सारेको हो । यादव मधेश प्रदेशका निवर्तमान सभामुख हुन् । उनी २०७४ मा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट सभामुख बनेका थिए । पछि जसपा विभाजन हुँदा उपेन्द्र यदवको पक्षमा लागे ।  मधेश प्रदेशमा जसपाको १६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?