+
+

नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ९:३०

२७ पुस, काठमाडौं ।नेपाल टी-२० लिगको उपाधिका लागि आज लुम्बिनी अलस्टार्स र विराटनगर सुपर किङ्स भिड्दैछन् ।

पहिलो क्वालिफायर्समा जनकपुरलाई पराजित गर्दै लुम्बिनी अलस्टार्स फाइनल पुगेको हो ।विराटनगर भने यस लिगमा सबैभन्दा धेरै खेल खेल्दै फाइनल पुगेको हो ।

एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेर दोस्रो क्वालिफायर्स पुगेको विराटनगरले क्वालिफायर्समा जनकपुरलाई ३९ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

फाइनल खेल आज मध्याह्न १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?