+
+

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ११:२८

२७ पुस, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको मर्जरपछि आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई बैंक मर्ज भएर नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

१००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाल बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा पनि १०० कित्ता नै सेयर हुनेछ ।

मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे छन् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ ।

मर्जरपछि बैंकको कूल पूँजीकोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।

यस्तै शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम संख्या २७५ पगेको छ । त्यस्तै ग्राहक संख्या ३० लाख पुगेको बैंकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?