+
+

प्रेमिकासँग इन्गेजमेन्ट गर्दै कोशिश क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १३:००

काठमाडौं । गायक तथा अभिनेता कोशिश क्षेत्री सिंगलबाट मिंगल हुने तयारीमा छन् । प्रेमिका सन्ध्या ढुंगानासँग आगामी माघको पहिलो साता उनले इन्गेजमेन्ट गर्दैछन् । हेटौंडा घर भएका यी दुवै जना पाँच वर्षदेखि रिलेसनसिपमा रहेको स्रोतले जनाएको छ ।

सन्ध्याले हालै मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् । कोशिश भने फिल्म र संगीतमा व्यस्त छन् । इन्गेजमेन्टपछि कोशिश कृषा चौलागाईंले निर्देशन गर्न लागेको फिल्म ‘ऐंचो पैंचो’मा व्यस्त हुनेछन् । यो फिल्ममा उनी खलपात्रको चरित्रमा प्रस्तुत हुने जनाइएको छ ।

कोशिशले निर्देशन गरेको फिल्म ‘बाइरोड’को छायांकन सकिएको भने अर्को फिल्म ‘परस्त्री’ फागुन १९ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?