+
+

‘‘बेको’ प्रोडक्ट नेपाली उपभोक्ताको रोजाइ बन्दैछ’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १४:१९

काठमाडौं । नेपालमा घरायसी प्रयोगका वस्तुमा चौधरी समूह (सीजी) पायोनियर मानिन्छ । अन्तर्राष्ट्रिय प्रख्यात ब्राण्डलाई नेपाल भित्र्याएर उपभोक्ताको मन जितिरहेको सीजीले ‘बेको’ ब्राण्ड भित्र्याएको एक वर्ष भयो ।

गुणस्तरीय वस्तु प्रयोगमा नामी युरोप क्षेत्रमा ६५ वर्षदेखि पहिलो रोजाइ बनिरहेको ‘बेको’ नेपालमा पनि बजार फैलाउँदै छ । नेपालमा ५ वटा फरक फरक सेग्मेन्टका वस्तुबाट आक्रामक बजार विस्तार सुरु गरेको ‘बेको’ अहिले ठूला शहरदेखि दुर्गम जिल्लाहरुसम्म फैलिएको सीजीका सिनियर म्यानेजर एवम् बेको नेश्नल सेल्स हेड भरत प्रसाद साह बताउँछन् ।

साहका अनुसार वाशिङ मेशिन, वासर ड्राएर, एसी, डीसवासर, फ्रिज, कुकिङ रेन्ज गरेर ६ वटा उत्पादन अहिले ग्राहकले रुचाइरहेका छन् ।

‘बेको’ ब्राण्ड के हो ? ‘बेको’का सामानको मूल्य, गुणस्तर र वारेन्टी लगायतबारेमा साहसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

‘बेको’ ब्राण्ड के हो ?

‘बेको’ युरोपको टप ब्राण्ड हो । आजभन्दा ६५ वर्ष अघिदेखि सुरु भएको यो ब्राण्ड सुरुवाती दिनहरुदेखी नै मानिसको रोजाइमा पर्न सफल भएको छ । विश्वका १३५ भन्दा धेरै देशमा यो ब्राण्ड फैलिएको छ ।

यो नेपालमा कहिले भित्रियो ?

नेपालमा चौधरी ग्रुपले यो ब्राण्ड बिक्री वितरण गर्दै आइरहेको एक वर्ष भयो । हामीले सुरुवातमा वासिङ मेशिन र वासर ड्रायरबाट यो ब्राण्डको बिक्री थालेका थियौं । अहिले एसी, डीसवासर, फ्रिज, कुकिङ रेन्ज गरेर ६ वटा क्याटागोरीका सामानहरु बेचिरहेका छौं ।

यो ब्राण्ड युरोपमा किन टप मानिन्छ ?

यो ब्राण्ड यूरोपमा उपभोक्ताको पहिलो रोजाइमा छ । तर, युरोपको रेटिङ तेस्रो नम्बरमा छ । विश्वमा ह्वाइट गुड्समा फष्टाउने ५ वटा उत्पादनमा ‘बेको’ पनि पर्दछ । विश्वमा फाष्ट ग्रोइङ ब्राण्ड पनि हो ‘बेको’ । यसका धेरै प्रडक्टहरु छन् । तर, हामीले अहिले ६ वटाबाट सुरु गरेका छौं । हामी उपभोक्ताको रोजाइअनुसारका अन्य उत्पादनहरु पनि भित्र्याउँदै जानेछौं ।

अहिले ‘बेको’का के-के उत्पादन उपलब्ध छन् ?

वासिङ मेशिन र वासर ड्राएर हाम्रोमा ६ देखि १० किलोको वासिङ मेशिन छन् । जसको मूल्य ५४ हजार रूपैयाँबाट सुरु भएर १ लाख १० हजार रूपैयाँसम्मको छ । यस्तै वासर ड्रायर ८-५ किलोमा उपलब्ध छन् । यसको एक लाख ३ हजार रूपैयाँदेखि एक लाख १७ हजार रुपौयाँ अधिकतम् खुद्रा बिक्री मूल्य छ, यसमा थप छुट पनि उपलब्ध छ ।

एसी हामीसँग तीन प्रकारका एसी उपलब्ध छन् । जसअनुसार एसीको मूल्य ९२ हजार रूपैयाँबाट सुरु भएर एक लाख ६८ हजार रुपैयाँसम्म पर्छ । एसीहरु एक टन, डेढ टन र दुई टनमा उपब्ध छन् । कुकिङ रेन्जमा हामीसँग फ्री स्ट्याण्डिङ ओभन पनि उपलब्ध छन् । यसको मूल्य एउटाका ८८ हजार रुपैयाँ र अर्कोको ९४ हजार रुपैयाँको रेन्जमा छ । मोडुलर किचेनका लागि उच्च खानदानका मानिस र होटल रेष्टुराँहरुमा यो प्रयोग हुन्छ । एउटा चुल्होमा ग्याँस चुल्हो र माइक्रो वेभ पनि हुन्छ । यसको गुणस्तर पनि दुई थरीको छ । एउटामा बिद्युतीय र ग्याँस हुन्छ भने अर्कोमा चाहिं ग्याँस हुन्छ । डिस वासर हामीसँग दुई प्रकारका डिस वासर उपलब्ध छ । १४ प्लेट सेटिङको डिस वासरको मूल्य ९८ हजार पर्दछ भने १५ प्लेट सेटिङको मूल्य ७६ हजार रुपैयाँ पर्छ ।

यस्तै स्टीम वास पनि हुन्छ । रेफ्रीजेरेटर हामीसँग रेफ्रीजेरेटरमा चार वटा ढोका भएको मल्टिडोर, सिंगल डोर र डबल डोर उपलब्ध छन् । सिंगल डोरमा १९० लिटरमा चार थरीका मोडेल उपलब्ध छन्, जसको मूल्य ३८ हजार बाट सुरु भएर ४० हजारसम्म पर्छ ।

यस्तै डबल डोरमा २५० लिटरमा २ वटा मोडल र २७५ लिटरमा २ वटा मोडल गरी चार थरीका मोडलमा रेफ्रीजेजरेटर उपलब्ध छन् । यो क्याटागोरीको मूल्य ६७ हजारबाट सुरु भएर २ लाख ३० हजारसम्म पर्छ ।

‘बेको’को सामान खरिदमा ग्राहकहरुलाई जाडोमा उपहारको पनि व्यवस्था छ । ‘बेको’ वासिङ मेशिन तथा वाशर ड्राएरमा ६ किलोको सर्फ एक्सेल म्याटिक, डिस वासरको खरिदमा २ प्याकेट वाशिङ ट्यावलेट र एसीमा ४ हजार बराबरको फ्री इन्स्तलेसन उपहार व्यवस्था गरिएको छ । यो योजना पुस मसान्तसम्म रहन्छ ।

‘बेको’को सामानको वारेन्टी के छ ?

‘बेको’को रेफ्रिजेरेटर सिंगल डोरमा १० वर्ष, डबल डोरमा १२ वर्षको वारेन्टी छ । वाशिङ मेशिनको मोटरमा १० वर्ष, डिस वासरमा १० बर्ष र एसीमा पनि १० वर्षको वारेन्टी छ । कुकिङ रेन्जमा १ वर्षको वारेन्टी छ । बेकोको सामानमा मोटामोटी १० वर्षको वारेन्टी हुन्छ ।

यो ब्राण्डको उत्पादन नेपालमा कसरी पाउन सकिन्छ ?

सीजीले ‘बेको’ ब्राण्ड बेच्न थालेपछि नेपालमा १५० भन्दा बढी वटा हाम्रो आफ्नै डिलर नेटवर्क र च्यानलहरु(सीजी डिजिटल शोरुमहरु) छन् । नेपालका सबै शहरका बाबजुत हामीले रुकुम, रोल्पा र डडेलधुरामा जस्ता शहरमा पनि हाम्रा उत्पादनहरु प्लेसमेन्ट गरेका छौं । सीजी डिजिटल डटकम मार्फत अनलाइन सपिङ मार्फत पनि यी सामानहरु पाउन सकिन्छ ।

‘बेको’ उत्पादन नै किन प्रयोग गर्ने ?

‘बेको’ एकदमै राम्रो युरोपियन प्रडक्ट हो । यसको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । घरायसी उपकरणको खरिदमा उपभोक्ताको सबै भन्दा ठूलो समस्या भनेको बिक्री पछिको सर्भिसिङ सेवा हो ।

‘बेको’ एकदमै राम्रो युरोपियन प्रडक्ट हो । यसको गुणस्तरमा कुनै सम्झौता गरिएको छैन ।

वारेन्टी पिरियडपछि कुनै पनि कम्पनीले उपभोक्तालाई हेर्दैन । तर, हामी ४० वर्षदेखि यो पेशामा रहेका कारण देशभरका ३८ भन्दा बढी वटा सर्भिस सेन्टरबाट हाम्रा ग्राहकलाई सेवा दिन्छौं । हामीसँग ३ सयजना हाराहारी टेक्निसियन छन् ।

उपभोक्ता सर्भिसका लागि हामी सदैव तयार छौं । हाम्रो प्रडक्ट पनि दमदार छ । यसैका कारण उपभोक्ताले धेरै मन पराउनु भएको छ र हामी पनि यो काम गरिरहेका छौं ।

‘बेको’का सामान खरिद गर्न सबैको पहुँच सम्भव छ कि छैन ?

हाम्रो उत्पादन सबैखाले ग्राहकका लागि उपलब्ध छ । हाम्रा सामानहरु ग्रामिणदेखि उच्च वर्गका ग्राहकहरुको लागि उपलब्ध छ । हामीसँग प्रिमियमदेखि इकोनोमिक्स सबै खाले उत्पादनहरु छन् । मध्यम वर्ग र उच्च वर्गका लागि यी हाम्रा सामानहरु नेपालभर उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?