+
+

नेविसंघले थाल्यो स्ववियु निर्वाचनको तयारी, दुई समितिमा संयोजक तोकिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १२:०५

२८ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका छन् ।

गन्धर्व पूर्व केन्द्रीय सदस्य हुन् भने उपाध्याय चिकित्सा अध्ययन संस्थानको पूर्व इकाइ अध्यक्ष हुन् ।

गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ ।

स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाईलाई चिर्न स्ववियु निर्वाचन अनिवार्य रहेको समेत संघले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?