+
+

कर्णालीका मुख्यमन्त्री शर्माको शपथ अपराह्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:०९

२८ पुस, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्मा बुधबार मात्र मुख्यमन्त्री नियुक्त भएका थिए ।

माओवादी नेताहरुका अनुसार आज ४ बजे मुख्यमन्त्रीको शपथ ग्रहण तय भएको छ । मुख्यमन्त्री शर्माले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दल छलफलमा छन् ।

मन्त्रीको नाम भने तय भइसकेको छैन ।

एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको संख्या भने भागबण्डा भइसकेको छ । बुधबार भएको चारबुँदे सहमतिअनुसार माओवादीले ४ र एमालेले तीन वटा मन्त्रालय लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?