+
+
Shares

कर्णाली सरकारका निर्णय : योजना आयोगको उपाध्यक्षमा खत्री, राइड सेयरिङ नियमावली स्वीकृत

कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २३ गते २१:०१

२३ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका–४ घर भएका खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले हुम्लाको नाम्खा गाउँपालिका र चीनको तिब्बतस्थित बुराङ काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय गरेको छ ।

स्थानीय तहबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले अघि बढाइएको यो प्रस्ताव कार्यान्वयनका लागि अब नेपाल सरकारको पूर्वस्वीकृति आवश्यक पर्नेछ ।

राइड सेयरिङ नियमावली स्वीकृत

मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली, २०८३’ स्वीकृत गरेको छ ।

नियमावलीले प्रदेशभित्र निजी दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्ने र भाडामा लिइएका सवारी साधन आफैँ चलाउने सेल्फ ड्राइभ सेवालाई व्यवस्थित गर्ने कानुनी आधार तयार गर्नेछ ।

नियमावली कार्यान्वयनमा आएसँगै सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया, इजाजतपत्र तथा नियमनसम्बन्धी व्यवस्था लागु हुनेछन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?