२९ पुस, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा विनोदकुमार शाहलाई मन्त्री बनाउने भएको छ ।
नेकपा एमालेले प्रदेश अध्यक्षसमेत रहेका शाहलाई प्रदेश सरकारमा पठाउन लागेको हो ।
शाहले दैलेख २ को प्रदेश सभा २ बाट चुनाव जितेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुरुमा २ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
उनले आफ्नो दल नेकपा माओवादी केन्द्रबाट १ र एमालेबाट १ जना मन्त्री नियुक्त गरे तयारी गरे पनि माओवादीबाट सरकारमा जाने व्यक्तिको टुंगो लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4