+
+

लुम्बिनी सरकारले घटायो एउटा मन्त्रालय, १२ वटा राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १७:००

२८ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएका थिए ।  मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको नयाँ सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले एउटा मन्त्रालय घटाउने निर्णय गरेको हो ।

बैठकले सरकारको प्रवक्तामा मन्त्री चेतनारायण आचार्यलाई  तोक्ने निर्णय गरेको छ । उनी नेकपा एमाले संसदीय दलका उपनेता हुन् ।  वैठकले लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।

लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, ग्रामीण, शहरी विकास तथा खानेपानी मन्त्रालय रहनेछन् ।

त्यस्तै स्वास्थ्य तथा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा संस्कृती मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम, यातायात तथा भूमि व्यवस्था मन्त्रालय पनि रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?