+
+

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:३६

२८ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । गत २३ असोजमा एमाले परित्याग गरी भूसालले रुपन्देही–१ बाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग पराजित भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका हुन् ।

शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलबाट भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गर्ने कार्यक्रम तय भएको छ । आजै मात्रै एकीकृत समाजवादीले  छिटो भन्दा छिटो पार्टीमा आउन पत्र लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?