+
+

सुदूरपश्चिममा सरकार बनेकै भोलिपल्ट पुगेन बहुमत, सभामुखको चुनाव भोलि फेरि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते २१:१७
भीम भण्डारी र मानबहादुर रावल ।

२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको भोलिपल्टैसत्तारुढ गठबन्धन बहुमत जुटाउन असफल भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बनेको भोलिपल्ट बिहीबार सभामुख चयनका लागि प्रदेशसभामा निर्वाचन भएको थियो । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।
तर दुबैले बहुमत जुटाउन सकेनन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ ।

गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाए । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

कांग्रेसका उम्मेदवार रावलले आफ्नै दलको (जेष्ठ सदस्य बाहेक १८) मतका साथै एकीकृत समाजवादीका ४ र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारा जोशीको थप मत पाएका छन् । सभामुखका उम्मेदवार रावलले जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण भोट हालेनन् ।

तर सत्ता गठबन्धनका दुई प्रदेशसभा सदस्य बैठकमै अनुस्थित भए भने एक जनाको मत बदर भयो र गठबन्धनका उम्मेदवार भण्डारीेले निर्वाचित हुन चाहिने बहुमत अर्थात २७ मत पु¥याउन सकेनन् । अब भोलि विहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लािग मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?