+
+

घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते ७:४६

२९ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् ।

नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए ।

गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग उनी पराजित भएका थिए ।

एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको एक नेताले बताए । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल छन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भने भूसाललाई दिने जिम्मेवारीबारे पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?