+
+
Shares

मूल्यवृद्धि नियन्त्रण उन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १३:२८

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो महिनाबाटै उच्च मुद्रास्फीति ब्यहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रण उन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार मंसिर मसान्त भित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । यसको तुलनामा मंसिरमा आउँदा मूल्यवृद्धिमा सुधार देखिएको हो । मंसिर मसान्तसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेन्ट तथा होटेल उपसमूहको वार्षिक बिन्दुगत सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थ ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा ९.०७ प्रतिशत र पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहतर्फ यातायातमा १७.३३ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ८.२९ प्रतिशतले मूल्य बढेको छ । तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.६४ प्रतिशतको मुद्रास्फीति रहेको देखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?