+
+

सरकार भ्रष्टाचार नियन्त्रणमा निरन्तर लागोस् : कांग्रेस सांसद देव

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १५:०२

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्दनारायण देवले भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै देवले अहिलेको मुख्य सवाल सुशासन, विकास र भ्रष्टाचारलाई नियन्त्रण भएको बताएका छन् ।

उनले भने, ‘सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र आम नेपाली जनतालाई सेवा प्रवाह दिने सवालमा निरन्तर रुपमा यो सरकार लागि रहोस् । त्यही मेरिटको आधारमा हामीले सहयोग गरिरहनेछौं ।’

उनले अघि भने, ‘यदि त्यसमा खुट्टा कमायो, त्यसबाट विमुख भयो, राजनीतिक जिम्मेवारीबाट यो सरकार विमुख भयो भने भोलिको दिनमा नेपाली काँग्रेसले आफ्नो पोजिशनलाई रिभ्यू गर्नुपर्ने हुन सक्छ ।’

२६ पुसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?