+
+

उपचारका लागि आरजु दिल्लीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १ गते १८:४५

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्‍य आरजु राणा देउवा नयाँदिल्ली गएकी छन् ।

आरजु निकट एक केन्द्रीय सदस्यका अनुसार स्वास्थ्य उपचारको नियमित फ्लो अपमा उनी आइतबार (आज) दिल्ली गएकी हुन् । ‘फ्लो अपमा जान ढिलो भइसकेको थियो । उपचारका लागि जानुभएको हो’, उनले भने ।

आरजुको गत साउनमा नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो ।

उपचारकै क्रममा आरजुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?