+
+

जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा ठमेलमा दीप प्रज्वलन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १४:५६

२ माघ, काठमाडौं । आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै ठमेलमा दीप प्रज्वलन गरिने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले ठमेलको नरसिंह चोकमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने भएको हो ।

आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?