+
+

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १५:१७

२ माघ, काठमाडौं । होटल संघ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रुपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरेको छ । यसले हवाई क्षेत्र मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने हानको भनाइ छ । नेपाली आकाश सुरक्षित बनाउनु राज्य र सबै सरोकारवालाको कर्तव्य भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सुरक्षित यात्राको प्रत्याभूति दिलाई हवाई जहाज तथा हवाई यातायात व्यवस्थाको सुरक्षा मापदण्ड सुनिश्चित गर्न समेत हानले माग गरेको छ । यात्रुको सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण सुरक्षित हवाई यात्राको प्रत्याभूति गर्न समेत हानले माग गरेको छ । छानबिन गर्न गठन भएको समितिले निर्मम र सूक्ष्म ढंगबाट अध्ययन गरी प्रभावकारी प्रतिवेदन आउने अपेक्षा समेत हानले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?