+
+

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १६:३४

२ माघ, पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् ।

थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।

गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?