+
+

१ लाख २८ हजार नगदसहित पर्साबाट १० जना जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २ गते १६:३७

२ माघ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।

जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरिशंकर चौधरी लगायतलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा २९ का वडा अध्यक्ष धमेन्द्र प्रसाद महतो थारु, पर्सागढी नगरपालिका ८ बस्ने नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरपुरका प्रधानाध्यापक विन्दा दास थारु, जितेन्द्र यादव, वडा नं ३ स्थित जनता मावि पकडिया बढनियारका शिक्षक मुक्ति पाठक रहेका छन् ।

यस्तै वन कार्यालयका जमदार जीतबहादुर तमाङ्ग, वडा न २ ठेकेदार लक्ष्मण प्रसाद, पर्सागढी–९ बढेर्वा स्थित बडेर्वा मावि शिक्षक गौरी शंकर चौधरी, पटेर्वा सुगौली गापा वडा न ३ अब्दुल मुकेरी, पटेर्वा सुगौली स्वास्थ्य शाखाका सिनियर अहेब सखुवाप्रसौनी–१ दोहरीका दिपनारायण चौधरी, पर्सागढी–२ का पूर्व वडा अध्यक्ष बेदमन दास चौधरी रहेका छन् ।

पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट नगद र तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

१ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक तास सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । व्यवसायिक रुपमा जुवा तास खेलाईरहेको छ भन्ने सूचनाका आधारमा सोमबार दिउँसो प्रहरी टोलीले छापामारी गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?