
३ माघ, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री शुसीला श्रीपाली ठकुरी छुटेकी छन् ।
गृह जिल्ला अर्घाखाँची रहेकाले उनको पद तथा गोपनीयताको शपथ छुटेको हो । राज्यमन्त्री बनेको खबर थाहा पाएर काठमाडौं आउँदै गरेको श्रीपालीले बताइन् ।
श्रीपालीलाई माओवादी केन्द्रको तर्फबाट राज्यमन्त्री बनेकी छन् । माओवादीकै सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् ।
२०६८ मा उनी दलित आयोगको सदस्य भएकी श्रीपाली माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन् । उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4