+
+

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १९:०३

३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा सत्तारुड गठबन्धनकी कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् ।

कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी एमालेकी चौधरी मंगलबार भएको मत विभाजनबाट उपसभामुखमा चयन भएकी हुन् ।

माओवादीकी लक्ष्मी बिकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी हुन् । प्रस्तावको विपक्षमा २३ मत मात्रै खसेको थियो ।

चौधरीलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन् ।

यसअघि कांग्रेसको समर्थन प्राप्त गर्दै उपसभामुखमा उम्मेदवारी दिएकी नेकपा (एकीकृत समाजवादी) पार्टीकी प्रदेशसभा सदस्य माया पन्तलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो । पन्तको पक्षमा २४ र विपक्षमा २८ मत खसेको थियो ।

पन्तलाई नेपाली कांग्रेसका १९, नेकपा(एकीकृत समाजवादी)का ४ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले मतदान गरेका हुन् ।

उनी एकीकृत समाजवादीकी कञ्चनपुरबाट निर्वाचित समानुपातिक प्रदेशसभा सदस्य हुन् । मंगलबार बिहान बसेको प्रदेशसभाको बैठकले सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारीलाई निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?