+
+

पदभार सम्हाल्दै मन्त्री मोदीले भने- निजामती ऐन चाँडै ल्याउँछु 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १९:४०

३ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती ऐन छिट्टै ल्याउने बताएका छन् । मंगलबार पदभार ग्रहणपछि मन्त्री मोदीले सरोकारवालाहरुसँग छलफल गरेर निजामति ऐन ल्याउने बताएका हुन् ।

मन्त्री मोदीले प्रदेश र स्थानीय तहमा भएका कर्मचारीहरुको कार्यसम्पादनबारे मौजुदा समितिको मूल्यांकनलाई मान्ने निर्णय गरेका छन् ।

प्रदेश र स्थानीय तहमा अन्य सेवाबाट गएर कर्मचारी समायोजन भएर जानेहरुको गएकाहरुको कार्यसम्पादन मूल्यांकनमा द्विविधा भएको थियो । त्यसको लागि मौजुदा समितिले नै मूल्यांकन गर्ने निर्णयमा मन्त्री मोदीले हस्ताक्षर गरेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?