+
+

कोइला खानीको विरोध गर्दा जलवायु अभियन्ता ग्रेटा थनबर्ग पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते ७:५३

४ माघ, काठमाडौं । पश्चिम जर्मनीको एउटा गाउँमा कोइला खानीको विस्तारको विरोध गरिरहेकी स्विडेनी जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनी लगायत अन्य प्रदर्शनकारीलाई मंगलबार पक्राउ गरेको समाचार संस्था एपीले जनाएको छ । पक्राउपछि उनी जलवायु अभियन्ता भएको खुलेपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि पश्चिम जर्मनको नर्थ राइन-वेस्टफालियाका धेरै ठाउँमा खानी विस्तारको विरोधमा प्रदर्शन भएका थिए । प्रहरी हस्तक्षेपसहित खानी बिस्तार जारी राखेपछि ग्रेटासहितको टोली त्यहाँ पुगेको हो ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अवरोध रोक्न आग्रह गरेको थियो । प्रदर्शनकारीहरूले अनुरोध नमानेपछि पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । प्रदर्शन बढेपछि प्रहरीले गाउँलेलाई नै हटाएर गाउँ सिल गर्दै खानी बिस्तारको काम गरिरहेको छ ।

प्रशासनको यही कदमको विरोधमा ग्रेटा थनबर्ग स्विडेनबाट जर्मनी आएकी हुन् । उनी मंगलबार लुएत्जेराथ नजिक आयोजित विरोध प्रदर्शनीमा सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?