+
+

कसरी रोप्ने लक्की बेम्बो ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ ४ गते १३:५५

काठमाडौं । अहिले घर, बगैंचा र कोठामा लक्की बेम्बो सजाउने प्रचलन बढेको छ । यसले कोठाको सौन्दर्य त बढाउँछ नै, घरमा सुख र समृद्धि भित्र्याउने विश्वास समेत गरिन्छ ।

लक्की बेम्बोलाई पानीमा मात्र र माटो दुवैमा रोप्न सकिन्छ । शुद्ध पानी मात्र राखेर भासमा यसलाई रोप्न सकिन्छ । साथै कोकोपिड, माटो र कम्पोस्ट मल मिसाएर गमला तथा बगैंचामा यसलाई रोप्न सकिने जय किसान नर्सरीका सञ्चालक दिलीप बादे बताउँछन् ।

कसरी रोप्ने ?

घरभित्र टेबलमा सजाएर राख्ने हो भने पानीमा रोप्न सकिन्छ । यसो गर्दा बिरुवा राम्ररी झाँगिंदैन । बिरुवालाई अलि धेरै झाँग बनाउने हो भने माटोमा रोप्न सकिन्छ ।

यसको बिरुवा नेपालमा पाइँदैन बाहिर देशबाट ल्याइएको हो । यो राम्ररी हुक्री सकेपछि कटिङबाट यसलाई सार्न सकिन्छ ।

हुन त यो धेरै प्रजातिको हुन्छ । तर चार प्रजातिको नेपालमा आउँछ । ‘स्पाइनल लक्की बेम्बो’माथि घुमेको, एउटा होचो बन्चमा आउँछ, एउटा प्रजाति एउटा-एउटा बोटमा आउँछ र अर्को मोटो ढाड र पातलो डाँठ भएको लक्की बेम्बो । यसको आकार र साइज भने फरक हुन्छ ।

कस्तो भास वा गमला चाहिन्छ ?

सानो आकारको लक्की बेम्बोको लागि कचौरा आकारको भास राम्रो हुन्छ । अग्लो छ भने सुरिलो आकारको भास चाहिन्छ । माटोमा रोप्ने हो भने ४-५ इन्चदेखि ७-८ इन्चको गमलामा रोप्न सकिन्छ ।

यसलाई माटोमा लगाइयो भने आठ फिटसम्म अग्लो पनि हुन सक्छ । टेबलमा राख्नको लागि भासमा राख्दा भने यसलाई कटिङ गरिरहनुपर्छ ।

घरको कुन दिशा वा कस्तो ठाउँमा राख्नु उचित ?

भासमा राखिएको लक्की बेम्बोलाई वास्तु भन्दा पनि काम गर्ने टेबलमा राख्ने गरिन्छ । गमलामा रोप्ने हो भने त इच्छा अनुसार जहाँ पनि राख्न सकियो । सिधा घाम नपर्ने ठाउँमा यसलाई राख्नुपर्छ ।

पानी कि माटोमा राख्नु राम्रो ?

पानीमा राख्दा यो आकर्षक देखिन्छ तर यसलाई माटोमा रोप्नु राम्रो हो । पानीमा  रोप्दा एकदेखि दुई वर्षमा यो मर्छ तर माटोमा रोप्दा लामो समयसम्म बाँच्छ ।

लक्की बेम्बोलाई माटोमा रोपिएको छ भने महिनामा एकपटक कम्पोस्ट मल हाल्नुपर्छ । जाडो महिनामा १५ दिनमा एकपटक मात्र पानी हाले पुग्छ भने गर्मीमा हप्तामा एकपटक पानी हाल्नुपर्छ । भासमा राखिएको छ भने हप्तामा एकपटक पानी फेर्नुपर्छ ।

बिरुवाको मूल्य कति, डिजाइन कस्तो ?

लक्की बेम्बोको बिरुवाको मूल्य एउटा बोटको १०० रुपैयाँदेखि बन्चमा किन्दा १२ सय रुपैयाँसम्म पर्छ । लक्की बेम्बोलाई आकर्षक डिजाइनमा तयार गर्न धेरै बोट राखेर ठूलो बन्च बनाउनुपर्छ । यसलाई आकर्षक बनाउन रंगीन धागो रिबनले बाँध्न सकिन्छ ।

कसरी स्याहारसुसार गर्ने ?

– लक्की बेम्बोलाई पानीमा राख्ने हो भने पानीलाई फोहोर हुन दिनुहुँदैन । पानी फोहोर भयो भने डाँठहरू कुहिन्छ ।

 – एक-एक हप्तामा पानी फेर्नुपर्छ । टेबलको पानी राख्नु हुन्न खानेपानी राख्नुपर्छ ।

– त्यसको पातमा र डाँठमा धुलो लागेको छ भनेको बेलाबेलामा पुछ्नुपर्छ । पुछ्दा भिजेको नरम कपडाले पुछ्नुपर्छ ।

– सिधा घाम नपर्ने तर उज्यालो ठाउँमा यसलाई राख्नुपर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?