+
+

शक्ति बाँडफाँटमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई जसपाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:५६

४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँटमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

जसपा संसदीय दलको बुधबार बसेको बैठकले अहिलेको प्रस्तावमा असहमति जनाएको छ र यथास्थितिमा सरकारमा नजाने निर्णय गरेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले जसपालाई दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले त्यसमा असहमति जनाएका थिए । स्रोतका अनुसार जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ, तर माओवादी यो दिन तयार भएको छैन ।

जसपा संसदीय दलका नेता रामसहाय यादव भन्छन्, अहिलेको शक्ति बाँडफाँटमा हाम्रो असहमति छ । यसलाई पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?