+
+

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ७:३९

५ माघ, दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज बिहीबार विश्वासको मत लिंदैछन् ।

बिहिबार दिउँसो एक बजे बस्ने प्रदेश सभाको चौंथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन् ।

पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?