+
+

तिब्बतको निङ्चीमा गएको हिमपहिरोमा कम्तीमा ८ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ८:५८

५ माघ, काठमाडौं । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची शहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिनियाँ सरकारले उद्धारका लागि टोली परिचालन गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार मंगलबार राति करिब ८ बजे मेनलिङ काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने बाटोको बीचमा हिमपहिरो गएको थियो। हिमपहिरोपछि धेरै मानिस र सवारी साधन फसेका छन् ।

अधिकारीहरूले अहिलेसम्म कति जना बेपत्ता छन् भन्ने स्पष्ट गरेका छैनन्। स्थानीय अधिकारीहरूले रातभर घटनास्थलमा १३१ व्यक्ति र २८ सवारी साधनहरू उद्धारका लागि पठाएको खबर ग्लोबल टाइम्सले लेखेको छ ।

चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले पनि दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा टोली पठाएको छ।

करिब ९,३०० फिटको औसत उचाइमा रहेको निङ्चीलाई तिब्बतको स्विट्जरल्याण्ड भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?