+
+

प्रतिपक्षको पनि कुरा सुन्ने सभामुख चाहिएको छ : ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १३:१८

५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सांसद चाहिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका हुन् ।

‘सभामुखहरुमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गनेै प्रवृत्ति देखिएको छ’ उनले भने, ‘अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैैनौं, र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’

उनले संसदमा नागरिकको पीरमर्काका विषय उठाउनुपर्ने, हाल प्रचलनमा रहेका कतिपय कानुन संशोधन गर्नुपर्ने बताए । सांसद शाहीले भने, ‘अब आउने संसदमा हामीले अगाडि जस्ता काण्ड भोग्न नपरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?