+
+

बाह्रबिसे नगरपालिकाले दियो गोरुपालक किसानलाई १० हजार अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:००

५ माघ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत ७७६ किसानलाई एक हल गोरु बराबर १० हजार रुपैयाँ अनुदान दिएको हो ।

नगरपालिकाले कृषि क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरुपालक किसानहरुलाई अनुदान दिएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । उनले किसानको गोरुको बीमा पनि गर्ने बताए ।

किसान जितमान तामाङले किसानहरुको कतै जागिर नहुने भएकाले जोतेर जीविकोपार्जन गरेका किसानलाई प्रोत्साहन गरेकामा खुशी व्यक्त गरे । उनले नगरपालिकाले दिएको पैसाले गोरु बिरामी हुँदा औषधि गर्न सजिलो हुने बताए । किसान ललितबहादुर बुढाथोकी र शिवप्रसाद तिमिल्सिनाले मेसिनलाई भन्दा गोरुहरुलाई प्रोत्साहन गरेकामा खुशी व्यक्त गरे ।

नगरपालिकाले गोरुपालक किसानलाई अनुदान दिँदा ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौंरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ ।

नगरपालिकाले कृषिको क्षेत्रमा २ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । बाह्रबिसे नगरपालिकाका किसानले धेरैजसो धान, गहुँ, मकै, आलु, स्याउ, गोलभेँडा जस्ता खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?