+
+
WC Series
पोखरा एभेन्जर्स 2025
31/2 (4.6)
VS
९० बलमा १३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भिजिविलिटी बढेसँगै काठमाडौंमा उडान–अवतरण सामान्य हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:०१

६ माघ, काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ ।

काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो ।

विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ । जसले गर्दा उडान सामान्य बनेको छ । यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ । जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइनमा बस्नु परेको थियो ।

अहिले भने होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन् । आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो ।

क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । अन्य उडानका जहाज भने होल्डपछि अवतरण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?