+
+

उपसभामुखबारे कांग्रेसले सत्तामा नरहेका दलसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १२:१०

६ माघ, काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारका बारेमा सत्तामा नरहेका अन्य दलसँग पनि छलफल गर्ने भएको छ ।

कांग्रेसका शीर्ष नेताको बैठकमा अन्य दलसँग छलफल गर्ने सहमति भएको हो ।

सत्तामा नरहेका अरु दलले उम्मेदवार नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने भन्दै बैठकमा केही नाममा छलफल भएको छ । केन्द्रीय सदस्यहरु समेत रहेका सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादव लगायतको नाममा चर्चा भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने विषयमा बढी चर्चा भएको थियो । ‘महिला सांसदहरुमा ३/४ जनाको नाममा छलफल ग¥यौं,’ बैठकमा सहभागी नेताले भने,‘मुक्तालाई बनाउने बारे अलि बढी छलफल भएको हो ।’

कांग्रेसले सभामुखमा पनि महिलालाई उम्मेदवार बनाएको थियो ।

संसद सचिवालयले शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट उपसभामुख पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?