+
+
Shares

आम जनतालाई भलो हुने काममा निर्णायक भूमिका खेल्छु : इन्दिरा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १३:३४

६ माघ, काठमाडौं । उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।

संसद भवन सिंहदरबारमा उपसभामुखको उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् ।

कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी उनले भनिन्, ‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’

राना मगरलाई रास्वपाकी सांसदले उपसभामुखमा प्रस्ताव गरेकी थिइन् । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन उनको समर्थक छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?