+
+

स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १४:५७

३० पुस, काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।

अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ ।

जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?