+
+
Shares

पर्सामा ५४१ जना कुष्ठरोगी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १९:४८

६ माघ, वीरगञ्ज । पर्सामा ५ सय ४१ जना कुष्ठरोगी रहेको तथ्याङक सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय पर्सासँगको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

पर्सामा रहेका ५ सय ४१ जना विरामीमध्ये जटिल अवस्थाका ४ सय ४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालको अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् ।

सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकामा २ सय ६ जना कुष्ठरोगी रहेको पाइएको छ । ठोरी गाँउपालिकामा कुष्ठ रोगीको संख्या शून्य छ ।

यस्तै पटेर्वासुगौलीमा ७० जना, पोखरियामा ५१ जना, कालिकामाईमा ४१ जना, विन्दवासिनीमा ४० जना, जीराभवानीमा २६ जना, बहुदरमाईमा २६ जना, जगरनाथपुरमा २३ जना, पकँहामैनपुरमा १७ जना, छिपहरमाईमा १४ जना, सखुवा प्रसौनीमा १३ जना, धोबिनीमा ९ जना र पर्सागढीमा ५ जना कुष्ठ रोग प्रभावित भेटिएका छन् ।

सबै कुष्ठरोग प्रभावितहरु स्वास्थ्य संस्थामा उपचाररत छन् । पालिका स्थित स्वास्थ्य संस्थाबाट कुष्ठ प्रभावित विरामीको निशुल्क स्वास्थ्य उपचार हुने गरेको छ ।

लेप्रोसी मिसनका अनुसार देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढी मधेस प्रदेशममा ७ सय ४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी उपचाररत छन् । देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् ।

ल्याप्रोसी मिसनले मध्य तराईका बारा, पर्सा र रौतहट जिल्लामा महिला स्वयं सेविका परिचालन गरेर र छाला शिविरबाट नयाँ केस पत्ता लगाउने, गर्ने, स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा कुष्ठरोगीलाई छिटो भन्दा छिटो औषधी खुवाउने, सेल्फ हेल्प ग्रुप बनाएर जिविकोपार्जमा सहयोग गर्ने, जटिल केस छ भने आनन्दवन अस्पतालमा थप उपचार गराउने गरेको छ ।

‘ शून्‍य भेदभाव, शून्‍य अपांगता, शून्‍य सराई नीति अन्र्तगत पहिला केस पत्ता लगाउँछौं ।’ अनुगमन तथा मुल्यांकन अधिकृत तिवारीले भनिन् ‘ केस पत्ता लगाएरऔषधि दिईसकेपछि अर्को व्यक्तिलाई सर्दैन र अपांगता हुनबाट समेत जोगाउन सकिन्छ ।’

कुष्ठ रोगीलाई समाजमा अझै पनि विभेद गर्ने गरिएकोले त्यसको अन्त्य गर्न स्थानीय पालिका जिम्मेवार भएर अघि सर्नुपर्नेमा उनले जोड दिइन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?