+
+

लक्ष्मी महतोलाई पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला : गृहमन्त्री लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १८:२१

७ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबी गरेका छन् ।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनी पक्राउ परेका छैनन्, बरु संसद बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् ।

यसबारे प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले मौलक रुपमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न लिखित निर्देशन दिएको बताएको थियो ।

शनिबार संसद बैठकमा पनि कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताए । सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?