+
+

कांग्रेस शेखर पक्षको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ८ गते १०:१७

६ माघ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमकाबारेमा छलफल भइरहेको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन नेता शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको पछिल्लो राजनीतिक भूमिकाप्रति इतर समूह असन्तुष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि इतर समूहका नेताहरूले असहमति जनाएका थिए ।

यसका साथै यही माघ १५ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । त्यसको तयारीका विषयमा पनि बैठक केन्द्रित भएको छ ।

बैठकमा शेखर पक्षका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतीहरू पनि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?